
काठमाडौं, २२ फागुन । नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि आज सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।
आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरूलाई संयुक्त प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
तीनै तहको सांसदहरुलाई पार्टी अध्यक्ष केपी ओलीले दिने प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित हुनेछन् ।
प्रशिक्षणमा विभिन्न प्रदेशहरूमा पार्टीको मत भारको अवस्थाका बारेमा सातै प्रदेशबाट रिपोर्टिङ लिइने बताइएको छ ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।












प्रतिक्रिया