३० कार्तिक २०८३, सोमबार

घरको छतबाट खसेर मृत्यु

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । बुटवलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाह रहेकी छन् । उनको आफ्नै एक तले घरको छतबाट खसेर आइतबार बिहान मृत्यु भएको हो ।

अचानक खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।