३० आश्विन २०८३, शुक्रबार

सहिदको सपना पूरा गर्ने एकमात्रै कम्युनिष्ट पार्टी एमाले हो : मायानाथ अधिकारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सह–इञ्चार्ज मायानाथ अधिकारीले सहिदको सपना पूरा गर्ने एकमात्रै पार्टी नेकपा एमालेको भएको बताएका छन् ।

एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा अधिकारीले कम्युनष्टि नामका पार्टीहरू धेरै भए पनि उनीहरू सच्चा कम्युनिष्ट आचारणको नभएको बताएका हुन् ।

सुखानीका सहिदको स्मृतिमा आयोजित कार्यक्रममा उनले तत्कालीन झापा र हालको इलामस्थित सुखानीको जंगलमा हत्या गरिएका सहिदहरूप्रति सम्मानभाव प्रकट गरे ।

यस्तै, पार्टी केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापाले नेकपा (एमाले) एकमात्र सच्चा कम्युनिस्ट पार्टी रहेको दाबी गरे । उनले नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मान र सहिदको सपना एमालेले मात्रै पूरा गर्ने बताए ।