३० आश्विन २०८३, शुक्रबार

एमाले नेपालको एकमात्रै कम्युनिष्ट पार्टी हो, अरु सबै कांग्रेसको सती गए : खगराज अधिकारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले नेपालको एकमात्रै कम्युनष्टि पार्टी भएको बताएका छन् ।

एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा अधिकारीले नेपालको एकमात्रै कम्युनिस्ट पार्टी नेकपा एमाले रहेको दाबी गरेका हुन् ।

‘देशमा एमालेबाहेक अर्को कम्युनिस्ट पार्टी अरु रहेनन् । एमालेका अलावा नेपाल मजदुर किसान पार्टीका रोहितजी कम्युनिष्ट हुनुहुन्छ । अरू सबैजना कांग्रेसको सती गए,’ मुख्यमन्त्री अधिकारीले भने ।

कम्युनिष्टको साइनबोर्ड झुन्ड्याउने जति भए पनि व्यवहारमा नेकपा एमाले मात्रै कम्युनष्टि पार्टी रहेको उनको भनाइ छ ।

उनले नेपालका कम्युष्टिहरूलाई एक गराउने प्रयास सफल हुन नसकेको पनि बताएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा रहेका ज्येष्ठ कम्युनिष्टहरूलाई माला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । ज्येष्ठ कम्युनिष्टहरू योद्धाहरूले देखाएको बाटोमा हिँडिरहेको बताउँदै उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने सबै ज्येष्ठ नागरिकहरूको उच्च प्रसंशा गरे ।