३० आश्विन २०८३, शुक्रबार

सत्तारुढ ९ दलले भन्यो– संविधानविपरीतका क्रियाकलापमाथि हाम्रो ध्यान गएको छ (विज्ञप्तिसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सत्तारुढ ९ दलले संयुक्त विज्ञप्ति जारी गरेर संविधानविपरीत भइरहेका क्रियाकलापहरूमाथि ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनयता राजधानीलगायत विभिन्न ठाउँमा संविधानको प्रतिकुल हुनेगरी गतिविधि भएको भन्दै दलहरूले त्यसप्रति आपत्ति जनाएका छन् ।

‘केही दिन यता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरित भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीररुपले आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरितका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवाञ्छित हुन भन्ने विषयमा हामी एकमत छौं । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।’