३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट अभियान : सुर्खेतमा एकै दिन ६५ जना एमालेमा प्रवेश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ फागुन । नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ६५ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज सानो सुर्खेत आयोजित वडास्तरीय भेलामार्फत उनीहरू एमाले प्रवेश गरेका हुन् ।

प्रवेशीहरूलाई मिसन ग्रासरुट अभियानकी सहजकर्ता एवम् प्रदेश कमिटी सदस्य पद्मा खड्काले पार्टीमा स्वागत गरिन् । कार्यक्रममा प्रदेश सदस्य खड्काले एमाले देशकै अभिभावक पार्टी भएको र यसको नेतृत्वमा मात्र मुलुकको समृद्धि र विकास सम्भव हुने बताइन् ।