३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ ।

यो मत ५३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ भन्दा बढि हो ।

शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

विश्वासको मतका विपक्षमा एमाले र राप्रपाका सांसद रहे ।