३० आश्विन २०८३, शुक्रबार

‘बिडम्बनापूर्ण राजनीतिको यात्रा’मा किन लागे प्रचण्ड ? (भिडिओ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

२४औँ यदु स्मृति दिवसका अवसरमा आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताएका हुन् ।

पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको महासचिव पोखरेलको विश्लेषण छ । चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सहि बाटोमा हिडाउने सामर्थ्य प्रचण्डमा नरहेको जिकिर पोखरेलले गरेका छन् ।

पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा प्रचण्डले सहकार्य तोडेर हिँडेको धारणा उनले व्यक्त गरे ।

देशमा आर्थिक सङ्कट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भए पनि अहिले पुन: समस्या देखिएको महासचिव पोखरलको भनाइ छ ।