२ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।

यसअघि विश्वासको मत नदिने निर्णय गरेको नाउपाले निर्णय बदल्दै विश्वासको मत दिने निर्णय गरेको हो । केन्द्रमा शीर्ष नेताहरूबीच सहमति भएको भन्दै विश्वासको मत दिने निर्णयमा पुगेको नाउपा सुदूरपश्चिमले जनाएको छ ।

यसअघि माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा विश्वासको मत दिने निर्णय गरेको थियो । शनिबार माओवादी केन्द्र सुदूरपश्चिमले पनि विश्वासको मत नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदैछन् ।