२ कार्तिक २०८३, सोमबार

प्रचण्डविरुद्व मुद्दा दर्ता गर्न सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । वर्तमान सरकारका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्वको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै शान्ति सम्झौताविरुद्व सर्वोच्चले दिएको आदेश पूर्वाग्राही रहेको बताएको छ । विस्तृत शान्ति सम्झौता विपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको विज्ञप्तिमा उल्लेख छ ।

दश वर्षे जनयुद्धको क्रममा भएका घटनाहरूको सम्बन्धमा विस्तृत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठित भई उक्त आयोगहरूले सङ्क्रमणकालीन न्यायिक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भइरहेको परिप्रेक्ष्यमा उक्त आयोगको अधिकार क्षेत्र भित्रका विषयहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डविरुद्वको मुद्दा दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश हरि फुयाँलको संयुक्त इजलासले आदेश दिएको थियो ।