२ कार्तिक २०८३, सोमबार

करिष्माको उजुरीपछि पक्राउ परेका डिल्लीरामविरूद्द मुद्दा दर्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । युट्युब अन्तर्वार्तामा आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिष्मा मानन्धरले उजुरी दिएपछि पक्राउ परेका डिल्लीराम खनालविरुद्व मुद्दा दर्ता भएको छ ।

आइतबार खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाएको छ।

उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।