
काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।
खनाल र पोखरेलबीच खनाल निवास डल्लुमा गोप्य छलफल भएको हो । एकताका लागि खनाल सकारात्मक रहेका बताइएको छ ।
भेटमा महासचिव पोखरेलले वामपन्थी एकतामा जोड दिएका थिए ।
दुई नेताबीच अन्य विषयवस्तुमा पनि छलफल भएको जानकारी दिइएको छ ।















प्रतिक्रिया