
काठमाडौं । एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।
एमाले प्रदेश सभा संसदीय दलको बैठकले शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् ।
माओवादी केन्द्रले पनि यथाअवस्थामा शाहलाई विश्वसको मत नदिने धारणा सार्वजनिक गर्दै आएको छ । उसको मुख्यमन्त्रीमा आलोपालो हुनु पर्ने माग छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि मन्त्रालय भागबण्डामा लिखित सहमतिपछि मात्रै शाहलाई विश्वासको मत दिने भन्दै आएका छ ।
शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसअघि विश्वासको मत लिन नसक्दा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको सरकार ढलेको थियो ।












प्रतिक्रिया