३० आश्विन २०८३, शुक्रबार

माधव नेपालका भाइ घरको छतबाट खसेर घाइते, अन्नपूर्ण न्युरो अस्पतलमा उपचार हुँदै

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय (नेपाल) घरको छतबाट खसेर घाइते भएका छन् ।

घाइते नेपालको अहिले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । आफ्नो घर नजिकैको एक घरबाट खसेर उनी गम्भीर दुर्घटनामा परेका हुन् ।

घाइते अवस्थाका नेपाललाई दुई जना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्‍याएको र अहिले अन्नपूर्ण न्युरो अस्पतलमा उपचार भइरहेको नेकपा एसका उपमहासचिव डा. विजय पौडेलले फेसबुकमार्फत जानकारी दिएका छन् ।

घाइते सरोजकुमार सोही पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका भाइ हुन् ।