३० आश्विन २०८३, शुक्रबार

ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण तीव्र, दुई वर्षभित्र काम सक्ने लक्ष्य (फोटो फिचर)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । निर्धारित समयभित्रै काम सम्पन्न भए कोटेश्वर–सातदोबाटो आउजाउ गर्ने यात्रुले अबको दुई वर्षभित्र ‘फ्लाइओभर (ओभर पास)’मा यात्रा गर्न पाउनेछन् ।

सडक विभागले मुलुककै पहिलो ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण कार्यलाई तीव्र पारेको छ । विभागले काम ग्वार्को खण्डबाट सुरू गरेको छ । पहिलो चरणमा ‘साइट क्लियर’ गर्ने कामलाई तीव्र परिएको छ ।

सडक खण्डमा हुने यातायात आवामगनलाई ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिएको छ । जग निर्माणका लागि सडकका कालोपत्र उप्काउने काम अघि बढाइएको छ । त्यसलगतै ‘फ्लाइओभर’का लागि जग खन्ने काम सुरू हुने विभागका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए ।

उनले भने, ‘काम सुरू भएको छ । अहिले ‘साइट क्लियर’को अघि बढाएका छन् । यातायात अवागमनलाई ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिएका छन् । निर्माणस्थललाई घेरवन्दी गर्नेलगायत काम अहिले हुँदैछन् ।’

विभागका अनुसार ग्वार्कोदेखि सातदोबाटोसम्म ‘फ्लाइओभर’को लम्बाई ५४० मिटरको हुने छ । चौडाई १६ दशमलव ४ मिटरको हुनेछ । जसलाई चार लेनमा विभाजन गरिनेछ । ‘फ्लाइओभर’ जमिनभन्दा ६ मिटर माथि बन्नेछ । गत २३ पुसदेखि ठेकेदार कम्पनीले निर्माणको काम सुरू गरिसकेको हो ।

‘टाइम सेड्यूल’ अनुसार काम भए आगामी ०८१ को माघसम्ममा निर्माण कार्य पूरा हुनेछ । विभागका प्रवक्ता पोखरेलले अबको दुई वर्षभित्र ‘फ्लाइओभर’ निर्माण भइसक्ने बताए । उनले भने, ‘फ्लाइओभर सहरको सुन्दरताका लागि राम्रो मानिन्छ । तर, आवश्यकतालाई हेरेर ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण सुरू गरिएको हो । काम सुरू भइसकेको छ । अबको दुई वर्षभित्र निर्माणको सबै काम पूरा हुनेछ । ‘फ्लाइओभर’ चार लेनको बन्नेछ । लम्वाई भने पाँच सय ४० मिटरको हुनेछ । ६ मिटर माथि बन्नेछ ।’

विभागका अनुसार ‘फ्लाइओभर’को कुल लागत १७ करोड ६ लाख रूपैयाँको छ । ‘फ्लाइओभर’को सम्पूर्ण लागत स्वदेशी हो । इपीसी (इन्जिनीयरिङ प्रोक्यूर्मेन्ट एण्ड कन्सट्रक्सन’ मोडलमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । जस अनुसार निर्माणका लागि आवश्यक इन्जिनीयरिङ, सामग्री व्यवस्थापन र निर्माणका सबै काम ठेकेदार कम्पनी आफैले गर्नुपर्नेछ ।

‘फ्लाइओभर’मा बालकुमारीतर्फबाट ३२० मिटर र सातदोबाटोतर्फबाट १८५ मिटर लम्बाइको ‘र्‍याम्प (चढ्ने र ओर्लने भर्‍याङ)’ बनाइनेछ । बीचको ‘सुपर स्ट्रक्चर’ भने ३५ मिटरको हुनेछ ।

विभागका प्रवक्ता पोखरेलले मुलुककै पहिलो ‘फ्लाइओभर’ इपीसी मोडलबाट बन्न लागेको बताए । उनले भने, ‘यो मुलुुककै पहिलो ‘फ्लाइओभर’ हो । यो इपीसी मोडल बनाउने सम्झौता भएको छ । यसको सम्पूर्ण लगानी स्वदेशी हो । १७ करोड ६ लाख रूपैयाँ लागतमा यो निर्माण हुँदैछ ।’

‘फ्लाइओभर’ ठेकेदार कम्पनीसँग २७ माघ ०७८ मै सम्झौता भएको थियो । तर, विविध उल्झनका कारण यसअघि काम अघि बढ्न सकेको थिएन । लाइओभर’ निर्माणपछि ग्वार्को–सातदोबाटो यातायात अवामगन सहज हुने विभागको दाबी छ । सातदोबाटो, ग्वार्को सधैं ट्राफिक जाम हुने क्षेत्र हो । विभागका प्रवक्ता पोखरेलले ग्वार्कोमा ‘अण्डरपास’ पनि बन्नेछ ।

उनले भने, ‘हामीले सबैभन्दा राम्रो ‘अण्डरपास स्टक्चर’ पास गरेका छौं । यो सहरी सौन्दर्यका लागि राम्रो हुन्छ । कतिपय ठाउँमा संरचना बनिसकेका छन् । ‘अण्डरपास’ बनाउन गाह्रो छ । खर्चिलो पनि हुन्छ । ग्वार्कोमा ‘अण्डरपास’ बन्ने छ । त्यसपछि सादोबाटो र एकान्तकुुनामा ‘अण्डरपास’ बन्नेछ । यसको डिजाइन हुँदैछ ।’

ग्वार्को–सातदोबाटो खण्ड सम्पन्न भएलगत्तै सातदोबाटो–एकान्तकुना सडक खण्डमा पनि ‘फ्लाइओभर’ बन्नेछ । यसका लागि आवश्यक सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । अब ‘ड्रइङ एण्ड डिजाइन’को काम सुरू हुने विभागको भनाइ छ । उक्त संरचना पनि निर्माण सुरू भएको दुई वर्षभित्रै पूरा गर्ने लक्ष्य विभागले राखेको छ ।