
काठमाडौं, १९ फागुन । आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ ।
शुक्रबार साँझ स्वदेश आइपुगेको विजेता टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका थिए ।
यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्पियन बनेर नेपाली टोलीले विश्वकपमा स्थान बनाएको हो । विश्वकपको एशिया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली स्वदेश फर्किएको हो ।
निर्णायक खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।















प्रतिक्रिया