
काठमाडौं, १९ फागुन । बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरूङ रहेका छन् ।
उनी बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका थिए । उनले सिटिजन्स् बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने थाहा पाएर पनि पीडितलाई झुक्याई चेक दिएका थिए ।
उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि नख्खु कारागार पठाइएको छ ।















प्रतिक्रिया