१ कार्तिक २०८३, शनिबार

नेकपा एसमा प्रवेशको हल्ला चलाइएका भीम रावल एमालेमै सक्रिय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशको हल्ला चलाइएको एमाले नेता भीम रावल एमालेमै सक्रिय भएका छन् ।

माधव नेपालको हल्लालाई असत्य सावित गर्दै रावल आज शुक्रबार गृहजिल्ला अछाममा आयोजित एमालेको कार्यक्रममा सहभागी भएका छन् ।

एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।

पार्टीले सञ्चालन गरेको अभियानमा सहभागी भएसँगै नेकपा एसका माधव नेपालले चलाएको पार्टी परित्यागको हल्ला गलत सावित भएको छ । माधव नेपालले नेता रावल आफ््नो पार्टीमा प्रवेश गर्न लागेको चर्चा चलाएका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि निष्क्रियप्राय: रहेका रावल पछिल्लो समय पार्टीका गतिविधिमा सक्रिय हुन थालेका छन् । उनले आवेश र आक्रोशमा पार्टी छोडेर नभइ भित्रै रहेर संघर्ष गर्ने उद्घोष पनि गर्दै आएका छन् ।

घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेपछि रावलपनि एकीकृत समाजवादीमै प्रवेश गर्ने हल्ला चलाइएको थियो ।