
काठमाडौं, १९ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा गठजोड तथा गठबन्धन गरेर देशलाई विभाजन गर्न नहुने बताएका छन् ।
राष्ट्रपतिका लागि उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालय पुगेका भट्टराईले अहिलेको आठ दलीय गठबन्धन अस्थायी भएको बताएका हुन् ।
भट्टराईले नेम्वाङको पक्षमा मतदानका लागि सबै दलहरुसँग छलफल गर्ने बताए ।















प्रतिक्रिया