१ कार्तिक २०८३, शनिबार

मिडियाहरू सीमित व्यक्तिको पछि लागे, विषयवस्तुमा कहिल्यै केन्द्रित भएनन् : सभामुख घिमिरे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका मिडियाहरू सीमिति व्यक्तिको पछि लागेर खास विषयवस्तुमा केन्द्रित नभएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालले गरेको ‘मिडियामा महिलाको सवाल’ कार्यक्रममा सभामुख घिमिरेले राजनीतिक दलका सीमित नेता बोल्ने ठाँउमा मिडियाको भीड लाग्ने गरेको तर, महिलाको सवालमा मिडियाको उपस्थिति नै नभएको बताएका हुन् ।

‘संसदभित्र महिलाको सहभागिता उल्लेख्य छ । सक्षमता छ । सक्रिएता पनि छ । तर, त्यसअनुसार मिडियाले बाहिर प्रचार गरिरहेको स्थिति छैन्,’ सभामुख घिमिरेले भने, ‘मिडियाको आकर्षण खासखास नेताहरु छ । जब उनीहरु बोल्ने समय आउँछ । मिडियाको उपस्थिति तँछाडमछाड हुन्छ । महिलाका गम्भीर विषयमा पनि मिडिया देखेको नदेखै झैँ गर्छन् ।’

उनले संसदभित्र महिलाको सहभागिता उल्लेख्य भए पनि मिडियाले प्रचारप्रसारमा ध्यान नदिएको बताए । विषयवस्तुले पार्ने प्रभावबारे संवेदनशील भएर मिडियाले समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उनको भनाए छ । अब उप्रान्त चर्चित बनेका नेताहरूको पछि लाग्न छोडेर मुलुकको सम्वेदनशील र जनजीविकाको विषयमा पत्रकारहरूले कलम चलाउने विश्वास उनले व्यक्त गरेका छन् ।