२ कार्तिक २०८३, सोमबार

अर्थतन्त्रमा सुधार गर्न सरकार क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सरकार देशको अर्थतन्त्रमा आएको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन् ।

खिचापोखरी न्यूरोड व्यापार संघको ८औं अधिवेशनमा बोल्दै श्रेष्ठले सरकार अर्थतन्त्रलाई गतिशील तुल्याउन विविध विषयमा छलफलमा जुटेको बताए ।

देशलाई सन्तुलन तवरले अघि बढाउन राज्य मात्र नभई निजी क्षेत्रको पनि उत्तिकै महत्व रहेको हुँदा सबै पक्ष हातेमालो गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो ।