३० कार्तिक २०८३, सोमबार

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि नमूना मतपत्र बनाएको छ ।

आयोगका अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो दुईथरी मतपत्र रहेको छ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई रहेको छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको लागि तयार गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

राष्ट्रपति चयनका लागि यहि फागुन २५ गते मतदान हुनेछ ।