३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई विधेयक प्रमाणीकरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १९ फागुन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेशसभाको यही फागुन १४ मा बसेको बैठकले यी दुई विधेयक पारित गरी सभामुखबाट नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस भएपश्चात प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।