१ कार्तिक २०८३, शनिबार

एमालेलाई राप्रपाले भन्यो– राष्ट्रपति निर्वाचनबारे अहिल्यै धारणा सार्वजनिक गर्दैनौँ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनका विषयमा धारणा तय गर्ने जनाएको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङलगायतसँगको भेटका क्रममा राप्रपाका नेताहरुले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताएका हुन् ।

भेटका क्रममा एमाले नेताहरुले राष्ट्रपतिमा नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । भेटपछि एमाले नेत्री विद्या भट्टराईले राप्रपाका नेताहरुसँग सकारात्मक रुपमा कुरा भएको र फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने जानकारी पाएको बताइन् ।

त्यस्तै राप्रपा नेता डा. प्रकाश चन्द्र लोहनीले एमालेसँग सौहाद्र्धपूर्ण तरिकाले कुराकानी भएको र केन्द्रीय कार्यसमितिले नै राष्ट्रपतिको विषयमा निर्णय गर्ने बताए ।

राष्ट्रपतिको निर्वाचन नजिकिदै जाँदा एमालेले आफ्ना उम्मेदवारको पक्षमा विभिन्न दलसँग मतदान गर्न आग्रह गरिरहेको छ ।