
सिन्धुली, १८ फागुन । सिन्धुलीको कमलामाई नगरपालिका–७ सुनिता पेट्रोलपम्पनजिक सडकमा बा. ४ ख ६६७३ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीनपाटन गाउँपालिका–११ बस्ने कमल तामाङकी ९ वर्षीया छोरी ममता तामाङ छिन् । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारकोक्रममा मृत्यु भएको हो ।
हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नाका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया