१ कार्तिक २०८३, शनिबार

विश्वकपको यात्रा तय गर्ने नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्षको बधाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकपको यात्रा तय गर्ने यु–१९ नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ‘हार्दिक बधाई टीम नेपाल ! युएईमाथि रोमाञ्चक जित निकालेर यु–१९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई,’ ओलीले लेखेका छन् ।

आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत युएईको अजमानको इडन गार्डेन ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलंकामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो ।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रनमा समेटिएको थियो ।

नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।