
काठमाडौं, १८ फागुन । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएको छ ।
राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको हो ।
पछिल्लो समय सत्ता समीकरणमा आएको परिवर्तनका कारण समर्थन फिर्ता लिइएको शाहले बताइन् । केन्द्र सरकारबाट पनि राप्रपाले समर्थन फिर्ता लिइसकेको छ ।
















प्रतिक्रिया