
काठमाडौं, १८ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा एमालेका नेताहरुले संवादको सुरूवात गर्नु नयाँ परिवर्तनको संकेत भएको बताएको छ ।
बिहीबार नेकपा (एमाले) का नेताहरु एकीकृत समाजवादीको कार्यालयमै पुगेर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग छलफल गरेपछि पार्टीले उक्त प्रतिक्रिया दिएको हो ।
दुई पार्टीबीच सकारात्म छलफल भएको भन्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पार्टीबीच छलफललाई निरन्तर अगाडि बढाउने सहमति भएको बताए ।
यस्तै, राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न गरिएको आग्रहमा भने पार्टीले निर्णय गरेर धेरै अगाडि बढिसकेको अवस्थामा फर्किने अवस्था नरहेको जानकारी गराएको खतिवडाले जानकारी दिए ।
नेकपा एसले यसअघि नै काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ । एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुले माधवकुमार नेपालसँग छलफलका लागि नेकपा एसको पार्टी कार्यालयमै पुगेका थिए ।















प्रतिक्रिया