
काठमाडौं, १८ फागुन । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा तीन सय रूपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया