
हेटौंडा, १८ फागुन । मकवानपुरको हेटौंडाबाट ठिंगन, चापागाँउ हुँदै काठमाडौंसम्म जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजबाट २३ दिनका लागि पूर्णरुपमा बन्द भएको छ ।
कान्ति लोकपथ अन्तर्गत मकवानपुर बकैयाको ठिगंनदेखि ललितपुरतर्फको सडक मर्मत तथा कालोपत्रेका लागि सडक पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आजबाट चैत १० गतेसम्म कान्ति लोकपथ बन्द गरिएसँगै प्रशासनले हेटौंडा–काठमाडौं चल्ने सुमो लगायतका साना सवारी साधनका लागि सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट र काठमाडौंबाट हेटौंडा आउनका लागि थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीमफेदी रूट प्रयोग गर्न सकिने जनाएको छ ।












प्रतिक्रिया