
काठमाडौं, १८ फागुन । अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
शुद्धोधन गाउँपालिका–२ चानापार बस्ने मगरु मल्लाह र रामकेश मल्लाहलाई अवैध लागूऔषध गाँजा २० किलो ४ सय ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय र न्यौराबाट खटिएको प्रहरीले मगरूलाई उनको घरबाट १८ कलो २ सय ग्राम र रामकेशको घरबाट २ किलो २ सय ग्रामसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया