![]()
काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम ‘कोशी’ नामकरणमा एमाले, कांग्रेस, माओवादी र राप्रपा एकै ठाउँ उभिएका छन् ।
लामो रस्साकस्सीपछि प्रदेश १ को नाम कोसी पारित भएको हो । प्रदेशसभामा बुधवार राती भएको मतदानमा कोशी प्रदेश को पक्षमा दुई तिहाइ बढी बहुमत जुटेको हो।
नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरू उभिए। प्रदेशसभाको मतदानमा कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको छ। मतदानमा ६ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए।















प्रतिक्रिया