
काठमाडौं, १७ फागुन । पेट्रोलियम पदार्थको मूल्य यथावत रहने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने बताएको हो ।
निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।















प्रतिक्रिया