२ कार्तिक २०८३, सोमबार

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव पारित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रदेश नम्बर १ को नाम कोसी राख्ने प्रस्ताव पारित भएको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकबाट नेकपा एमालेले प्रस्ताव गरेको नाम कोसी ध्वनी मतले पारित भएको हो ।

एमाले सांसद रामबहादुर राना मगरले कोसी प्रस्तावलाई छलफलमा लैजानेबारेको प्रस्तावलाई ८२ सांसदले सर्मथन गरेका थिए । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किराँत लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न पेश गरेको प्रस्ताव छलफलका लागि अस्वीकृत भएको छ ।

प्रदेशसभाको बहुमतले कोसी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किराँत लिम्बुवान सगरमाथाको प्रस्ताव सर्वसम्मत अस्वीकृत भएको जानकारी गराएका थिए ।

यसैबीच, प्रदेशसभामा एमालेले पेश गरेको प्रदेशको नाम कोसीमाथि छलफल सुरु भएको छ । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ ।