
काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत समाजवादीको संघीय संसद्मा १८ जना र प्रदेशसभामा २५ जना सांसद छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।















प्रतिक्रिया