१ कार्तिक २०८३, आइतबार

गायक राजेश पायल राई र शर्मिला वाइबाबीच एयरपोर्टमै लफडा

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । गायक राजेश पायल राई र सर्मिला वाइवाबीच मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लफडा भएको छ ।

अभिनेता पल शाहलाई स्वागत गर्न पुगेका गायक राई र वाइवाबीच लफडा भएको हो । शर्मिला पत्रकार ऋषि धमलासँग नाम जोडिएर विवादमा आइरहन्छिन् ।

मंगलबार पनि गायक राईले धमलासँगै जोडेर शर्मिलालाई प्रश्न गरेपछि विवाद भएको हो । राईले ‘जनता जान्न चाहान्छन् । तपाईले ऋषि धमलालाई किन फसाउन खोज्नुभयो ?’भन्दै प्रश्न गरेपछि शर्मिला भड्किएकी थिइन् ।

विवाद चर्किँदै गएपछि विमानस्थलमा पुगेका अन्य व्यक्तिहरुले पत्रकारहरुले दुवै जनालाई शान्त बनाएका थिए ।