
काठमाडौं, १७ फागुन । राष्ट्रिय अपाङ्ग महासंघले आज बुधबार १५औँ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस मनाउँदैछ ।
‘उपयुक्त ह्विलचेयर, सुरक्षित र पहुँचयुक्त आवागमन, हाम्रो अधिकार’भन्ने मुल नाराका साथ र्यालीसहितको कार्यक्रम गरेर महासंघले दिवस मनाउन लागेको हो ।
बिहान ७:३० बजे भृकुटीमण्डपबाट सुरु हुने र्याली कार्यक्रम भद्रकाली, शहिदगेट हुँदै नेपाल वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन हुने बताइएको छ ।
महासंघले समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष, स्पाइनल इन्ज्वरी संघ नेपाल लगायत अपाङ्ताको क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाउ लागेको हो ।












प्रतिक्रिया