
काठमाडौं, १६ फागुन । मनाङबाट निर्वाचित काँग्रेस सांसद भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले सांसद टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । अदालतले गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएकाहरुलाई सजाय तोक्न भने बाँकी रहेको छ । सजाय २५ गते तोकिने अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।















प्रतिक्रिया