१ कार्तिक २०८३, शनिबार

नयाँ गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउँछ : पार्वत गुरुङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १६ फागुन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङले नयाँ गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने बताएका छन् ।

मंगलबार हेटौंडामा भएको मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै नेता गुरुङले नयाँ बनेको आठ दलीय गठबन्धनले मुलुकमा बेथिति, अशान्ति, भ्रष्टाचार, बर्बादी र अस्थिरता निम्याउने बताएका हुन् ।

गुरुङले भने, ‘अहिले बनेको गठबन्धनले देशको राजनीतिक अवस्थामा खलल पुर्‍याउँछ । यो गठबन्धनले अस्थिरता निम्याउँछ ।’ उनले यस्ता विकृतिको अन्त्य गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।