
काठमाडौं, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।
मिश्रले पूर्वराजालाई करिब दुई महिनापछि दोस्रो पटक भेट गरेका हुन् । सामाजिक सञ्जालमार्फत पूर्वराजासँगको भेटबारे जानकारी दिएका हुन् ।
‘१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो। उनले जनताको चाहना अनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए। अर्को शब्दमा भन्नु पर्दा उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए। लहरो अलि लामो छ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।















प्रतिक्रिया