२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।