२ कार्तिक २०८३, सोमबार

सरकार जनताको जीवनमा परिवर्तन ल्याउन दृढ छ: प्रधानमन्त्री प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन दृढ रहेका बताएका छन् ।

नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जातिमाझी समुदायले मनाउने लदीपर्वको अवसरमा शुभकामना दिँदै प्रचण्डले यस्ता चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायकोबीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन अपील पनि गरेका छन् ।

उनले माझी जाति परम्परागत रूपमा पानी सँग रमाउदै र जिउँदै आएको विशिष्ट पहिचान भएको जाति भएको बताउँदै विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको उल्लेख गरे । आजको दिनमा माझी जातिले विशेष गरेर नदी र पानीको पूजा गर्दछन् ।