३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल सुरु गर्दै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका लागि आठ दलीय गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाटै टुंगो लगाइने बताइएको छ ।

सरकारबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि आजदेखि छलफल सुरु गर्ने भएका हुन् ।