३० कार्तिक २०८३, सोमबार

उच्च पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । आज पनि मुलुकको पहाडी भू–भागमा मेघ गर्जनसहित वर्ष हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा पनि आंशिक बदली भएपनि सामान्यतया मौसम सफा रहेनछ ।

मंगलवार राती पनि मुलुकको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।