३० कार्तिक २०८३, सोमबार

विद्युत प्राधिकरणको ‘एनईए एप’ सञ्चालनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणको मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा आएको छ ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिने प्राधिकरणले जनाएको छ ।

एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशन र विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।