
काठमाडौं, १६ फागुन । करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ ।
जुगल गाउँपालिका–३ गुम्बास्थित याङसामाने डाँडा बस्ने मिङमार दोर्जे तामाङकी छोरी १४ वर्षीया नुर्जी वाङमु तामाङको करेन्ट लागेर आज मृत्यु भएको हो ।
आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण लाईनको बिजुलीको पोलमा छुँदा करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया