
काठमाण्डौं । नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्टले पत्रकार बिष्णु जमकट्टेल ‘तारुके’लाई ‘नाट्यश्वर म्युजिक अवार्ड’ सम्मान प्रदान गरेको छ ।
आज काठमाडौंमा आयोजित तेस्रो संस्करणको ‘नाट्यश्वर म्युजिक अवार्ड २०७९’ विशेष समारोहमा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसहित वरिष्ठ कलाकार बसुन्धरा भुसालले पत्रकार तारुकेलाई सम्मान गरेका हुन् ।
पत्रकार तारुके काठमाडौंबाट सञ्चालित अर्थपथ डटकमका प्रकाशक/ सम्पादक तथा एमालेसम्बद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सचिव हुन् ।
२०७२ सालमा स्थापित नाट्यश्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्टले विगत ६ वर्षदेखि कलाकारिता, साहित्य, पत्रकारितालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका राष्ट्रिय स्तरका र मोफसलका विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको संस्थाका कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिए ।















प्रतिक्रिया