१ कार्तिक २०८३, शनिबार

विदेशी कूटनीतिक नियोग प्रमुखहरूको हस्तक्षेप बढ्यो, नियन्त्रण गरिनुपर्छ : परराष्ट्रमन्त्री पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपालका कूटनीतिक नियोगका प्रमुखहरूले हस्तक्षेपकारी भूमिका खेल्ने गरेको दाबी गरेकी छन् ।

राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर मन्त्री पौड्यालले नेपालका कूटनीतिक नियोग प्रमुखहरूको हस्तक्षेपकारी भूमिकालाई व्यवस्थित गर्नु अर्को चुनौती भएको बताएकी हुन् ।

यसलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर मात्र भ्रमण गर्नुपर्ने र सरकारी निकायले विदेशी पाहुना वा प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको उनको दाबी छ ।

त्यस्तै उनले दल र दलको नेतृत्वलाई पनि आचार संहितामा बाँध्न पर्ने पनि बनाएकी छिन् ।

उनले भनिन्, ‘निर्णय त भयो मन्त्रिपरिषद्बाट, तर कार्यान्वयनमा इमान्दारिताको जरुरी चाहिँ छ । सरकारी निकायले त कार्यान्वयन गरेका छन् । दल र दलको नेतृत्वलाई कसरी यो आचारसंहिताभित्र बाँध्ने भत्रे चुनौती छ । विकास सहायता सम्झौता र समन्वयमा परराष्ट्र मन्त्रालयको संलग्नता देखिदैन । जती पनि देशबाट हामीले आयोजनाहरू ल्याउँछौ, यसमा सम्बन्धित मन्त्रालय र अर्थमन्त्रालयको मात्र संलग्नता देखिन्छ ।’