२ कार्तिक २०८३, सोमबार

सन्दीप लामिछानेले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ सकियो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

सन्दीपले उच्च अदालतको पाटनको आदेशविरुद्व दायर गरेको रिटमाथि सुनुवाई भएको हो । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका लगायतले बहस गरेका थिए ।

धरौटीमा रिहा भएका सन्दीपलाई उच्च अदालतले देश छोडेर बाहिर जान भने रोक लागाएको थियो । खेल्नका लागि देश बाहिर पनि जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।

फैसला आजै सुनाउने तयारी छ ।