२ कार्तिक २०८३, सोमबार

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास हो: प्रधानमन्त्री प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् ।

बालुटारमा सोमबार बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने बताएका हुन् ।

प्रचण्डले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गरेको बताए ।

प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए ।

यो वर्ष चुनावी वर्षका रुपमा बितेको बताउँदै प्रधानमन्त्रीले यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको बताए ।